आइत, जेष्ठ २, २०७८
Sun, May 16, 2021

नेपालमा थप २७३६ कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, कात्तिक २५

नेपालमा आज थप दुई हजार सात सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ९९ हजार सात सय ६० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार नौ सय ६० जनाको नमुना परीक्षण भएको हो । त्यस्तै गत २४ घण्टामा आठ सय ५३ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ६० हजार पाँच सय ७७ पुगेको छ ।

अब नेपालमा ३८ हजार ३५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै एक हजार ५८ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घण्टामा २२ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार एक सय ४८ पुगेको छ ।

प्रतिक्रिया

%d bloggers like this: