शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

बिहारमा एनडीए गठबन्धनलाई बहुमत

पूर्णपुष्टि, कात्तिक २६ 

भारतको बिहार राज्यमा जनता दल युनाइटेड (एनडीए) लाई बहुमत प्राप्त भएको छ ।
२ सय ४३ विधानसभाको लागि भएको चुनावमा एनडीएले १ सय २५ सिट जितिसकेको छ । बहुमतका लागि चाहिने १ सय २२ सिटको आँकडा पार लगाउँदै भाजपा र जनता दल युनाइटेडको गठबन्धन (एनडीए) को सरकार बन्ने पक्का भएको हो ।

एनडीएको टक्कर दिने महागठबन्धनले १ सय १० सिटमा जित निकालेको छ भने जेडीयूले ४३ सिटमा जितेको छ । अहिले पनि मतगणना चलिरहेको छ ।  बिहार विधानसभाको ३ चरणमा चुनाव सम्पन्न भएको थियो ।
कोरोना महामारीले चुनावको नतिजा प्रकाशनमा यस पटक केही ढिलाइ भएको निर्वाचन आयोगले जनाएको छ । कोरोना संक्रमणले गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने जनाउँदै यस पटक मतदान केन्द्रको सङ्ख्या ७२ हजार ७ सय २३ वटा थप गरिएका कारण पनि चुनावी मतगणनामा ढिलाइ भएको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ ।
यस चुनावमा ३ हजार ७ सय ५५ जना उम्मेदवार रहेका थिए । चुनाव आयोगले अहिले ५५ वटा मतगणना स्थलको व्यवस्था गरेको छ । गत अक्टोवर २८, नोभेम्वर ३ र नोभेम्बर ७ मा गरी ३ चरणमा चुनाव भएको थियो ।

प्रतिक्रिया

%d bloggers like this: