बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

तिहारमा बैंकहरु नखुल्ने

पूर्णपुष्टि, कात्तिक २६

वाणिज्य बैंकहरुले तिहार बिदामा शाखाहरु नखोल्ने भएका छन् ।
गत वर्ष दशैं र तिहारको बिदामा समेत सीमित शाखामार्फत् सेवा दिएका वाणिज्य बैंकहरुले यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिम रहेकाले तिहार विदामा बैंक नखोल्ने निर्णय गरेको छ ।

आगामी कात्तिक २९ देखि मंसिर १ गतेसम्म तीन दिन बैंकका शाखा नखुल्ने जानकारी दि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले जनाएको छ । हालसम्म वाणिज्य बैंकका ६ हजारभन्दा धेरै कर्मचारीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
थप कर्मचारीमा संक्रमण र धेरै कारोबार नहुने अनुमान गर्दै बन्द गर्ने निर्णय गरेको जनाएको छ । कात्तिक २९ देखि मंसिर १ गतेसम्म शाखा कार्यालयहरु बन्द भए पनि डिजिटल सेवाहरु भने सधैं खुला हुने संघले जनाएको छ ।

संघले यस अवधिमा बैंकिङ कारोबार गर्नुपरे डिजिटल कारोबार गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

%d bloggers like this: