शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

जाडो छल्न ८० प्रतिशत चराहरु नेपाल आए

पूर्णपुष्टि, कात्तिक २६ 

विश्वका विभिन्न देशबाट जाडो छल्न नेपाल आउने चरामध्ये ८० प्रतिशत नेपाल आइसकेका चराविद्हरुले बताएका छन् ।
जाडो छल्न नेपाल आउने १ सय ५० प्रजातिका चरामध्ये यो वर्षको हिउँद सुरु भएपछि ८० प्रतिशत नेपाल आइसकेको जनाइएको छ ।

चीन, मंगोलिया, रुस, साइबेरिया तथा कोरियाको छेउछाउलगायतका ठाउँबाट चराहरु जाडो छल्न नेपाल आउने गरेको पाईन्छ ।

जाडो छल्न तथा आहारा खोज्न चराहरु ४ देखि ५ हजार माइल पार गरेर नेपाल आउने गरेको चराविद्हरुले बताएका छन् । असोजदेखि  आउन थाल्ने चरा चैत वैशाखमा फर्कने गरेका छन् । जाडो छल्न हिउँदमा १ सय ५० प्रजातिका र गर्मी छल्न ५० देखि ६० प्रजातिका चरा नेपाल आउने गरेको छ ।
कपिलवस्तुको जगदीशपुर जलाशय, कैलालीको घोडाघोडी ताल, बर्दियाको बढैया ताल, कास्कीको फेवाताल, चितवनको बीसहजारी तालसहितका सिमसार क्षेत्रमा हाँस तथा गिद्ध प्रजातिका आप्रवासी चराले हिउँद बिताउने गरेका छन् ।

कतिपय हाँस प्रजातिका चराहरु  कतै पनि नरोकिइकन नेपाल आउने गरेका छन् भने कतिपय चराहरु बिस्तारै बिस्तारै एक देशबाट अर्को देशमा हुँदै आउने गर्छन् ।

प्रतिक्रिया