सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

लागुऔषध खैरोहिरोईन सहित ४ जना पक्राउ

पूर्णपुष्टि,कार्तिक २६

झापामा लागुऔषध खैरोहिरोईन सहित चार जना पक्राउ परेका छन् । उनीहरुलाइ झापाको बिर्तामोड–२ फुलबारी टोलबाट मंगलबार दिउँसो प्रतिबन्धित लागुऔषध खैरोहिरोईन र ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको हो । उनिहरुलाई बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले पक्रउ गरेको थियो ।

पक्राउ पर्नेमा सोही स्थानका ३१ बर्षीय संजय कुमार राजबंशी, २५ बर्षीय मोहन कुमार ओली, २४ बर्षीय दयालाल राजबंशी र २० बर्षीय अरुण कुमार राजबंशी रहेका छन । पक्राउ परेका मध्ये मोहन कुमार ओलीको घरमा लागुऔषध खरिद बिक्री भईरहेको भन्ने बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई ५ ग्राम ७०० मिलीग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धान गरी ईलाका प्रहरी कार्यालय अनारमनीबाट कानुनी कारबाही अगाडी बढाईने १ नं प्रदेश प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: