शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

दाङमा चितुवाको छाला र लागुऔषध सहित २ युवा पक्राउ

पूर्णपुष्टि,कार्तिक २६

दाङमा चितुवाको छाला र लागुऔषध अफिमसहितसहित २ युवा पक्राउ पक्रउ परेको छ । घोराही उपमहानगरपालिका–८ को वनगाउँबाट हिजो राति उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

घोराही उपमहानगरपालिका–१२ का २६ वर्षीय मधु डाँगी र प्युठानको नौबहिनी गाउँपालिका–५ का २७ वर्षीय धनसिंह टमटालाई प्रहरीले पक्राउ गरेको हो । चितुवाको छाला र लागुऔषधको कारोबार भइराखेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङलका अनुसार उनीहरूको साथबाट पुच्छरसहितको ६ फिट ११ इन्च लम्बाइको चितुवाको छाला र ३ किलो ७ सय ५० ग्राम लागुऔषध अफिम बरामद गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङलले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: