शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

नेपालमा थप २५६९ जनामा कोरोना संक्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या २ लाख नाघ्यो

पूर्णपुष्टि, कात्तिक २६

नेपालमा आज थप दुई हजार पाँच सय ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या दुई लाख पाँच हजार ६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ८१ जनाको नमुना परीक्षण भएको हो । त्यस्तै गत २४ घण्टामा एक हजार ६ सय ६६ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ६२ हजार दुई सय ४३ पुगेको छ ।

अब नेपालमा ३८ हजार नौ सय १२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । त्यस्तै एक हजार एक सय नौ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घण्टामा २६ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार एक सय ७४ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: