शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

आज नेप्से २८.८९ अंकले बढ्यो

पूर्णपुष्टि, कात्तिक २६

आज शेयर बजारमा परिसूचक नेप्से बढेको छ । नेप्से १.७२ प्रतिशत अर्थात् २८.८९ अङ्कले बढेर १ हजार ७ सय ६७ विन्दुमा पुगेको छ । हिजो शेयर बजार परिसूचक नेप्से झण्डै २६ अङ्कले बढेको थियो ।
सेन्सेटिभ परिसूचक पनि ५.२३ अङ्कले बढेर ३ सय ३५ दशमलव ६२ अङ्कमा पुगेको छ । नेप्से परिसूचक बढ्नुमा बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई प्रमुख कारणको रुपमा लिइएको छ ।

बजारमा चार अर्ब नौ करोड ९६ लाख चार हजार सात सय ४२ रुपैयाँ बराबरको एक करोड २४ लाख २३ हजार ६ सय ५१ कित्ता शेयर खरिद बिक्री भएको छ ।
कारोबारमा आएका समूहमध्ये फाइनान्स समूहबाहेकका सबै समूह बढेका छन् । सबैभन्दा धेरै व्यापार समूह ९.९९ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन समूह ६.२१ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह, म्युचल फण्ड र अन्य समूह ४ प्रतिशत बढीले बढेका छन् । बैंकिङ समूह पनि १.१५ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

%d bloggers like this: