सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

३ वटा राष्ट्रिय दैनिक पत्रिकाको कार्यालय अगाडि धर्ना

पूर्णपुष्टि, कात्तिक २६ 

नेपाल पत्रकार महासङ्घले आज काठमाण्डौ उपत्यकाबाट प्रकाशित हुने तीन वटा राष्ट्रिय दैनिकका सञ्चार गृह अगाडि धर्ना दिएको छ ।
कालो ब्यानरसहित अन्नपूर्ण पोस्ट, राजधानी दैनिक र कारोबार दैनिक अगाडि दुई घण्टा धर्ना दिएको महासङ्घले जनाएको छ ।

पत्रकारलाई तलब दिन र कोरोना महामारीको नाममा निकालिएका पत्रकारलाई पुनर्बहाली गर्न माग गर्दै धर्ना दिइएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया