मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

जबरजस्ती करणी मुद्धाका फरार १ प्रतिवादी पक्राउ

पूर्णपुष्टि, कात्तिक २७

जिल्ला अदालत उदयपुरले दोषी ठहर गर्दै ७ वर्ष कैद सजाय सुनाईएका एक फरार प्रतिवादी पक्राउ परेको छ ।
अदालतले २०६६ जेठ १४ गते जवरजस्ति करणी मुद्धामा दोषी ठहर गर्दै कैद सजाय सुनाईएपछि फरार रहेको चौदण्डीगढी नगरपालिका–९ हडियाका ४६ वर्षीय नारायणबहादुर राउतलाई बुधबार प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटेका प्रहरी टोलीले लुकीछिपी बस्दै आएको उनकै घरबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिवादी राउतलाई पैmसला कार्यान्वयनको लागि जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया