मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

रुसले नागोर्नो काराबाख क्षेत्रमा शान्ति सेना पठायो

पूर्णपुष्टि, कात्तिक २७ 

रुसले नागोर्नो काराबाख क्षेत्रमा शान्ति सेना पठाएको छ । अर्मेनिया र अजरबैजान बीच हप्तौँसम्म चलेको युद्धपछि गत सोमबार अर्मेनिया, अजरबैजान र रुसबीच सहमति भएको थियो ।
सहमतिअनुसार नागोर्नो काराबाख क्षेत्रमा शान्ति सेना पठाएको रुसले दाबी गरेको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ । अजरबैजान र अर्मेनियाबिच ६ हप्तादेखि चलेको युद्धपछि सहमति भएको हो । रुसको मध्यस्थतामा अर्मेनिया र अजरबैजानबीच विवादित भूभाग नागोर्नो काराबाखमा चलिरहेको सैन्य संघर्ष अन्त्य गर्नेबारे सम्झौता भएको हो ।

मंगलबार बिहानेदेखि सम्झौता लागू भएको छ । नागोर्नो काराबाख क्षेत्रलाई लिएर लामो समयदेखि दुई देशबिच विवाद छ । विवादित यो भूमि अन्तर्राष्ट्रिय रूपमा अजरबैजानको मानिन्छ ।
सोभियत संघ अस्तित्वमा आएपछि नागोर्नो काराबाख क्षेत्र अजरबैजानभित्रै एक स्वायत्त क्षेत्रका रुपमा रहेको थियो । तर त्यो क्षेत्र सन् १९९४ देखि अर्मेनियाको जातीय समूहको पकडमा छ । अहिले केही क्षेत्र अजरबैजानको पकडमा छ । सम्झौता अनुसार अजरबैजानले संघर्षका क्रममा कब्जामा लिएको नागोर्नो काराबाखका केही क्षेत्र आफूले नै राख्ने भएको छ ।

आगामी केही हप्तासम्ममा अर्मेनिया त्यस क्षेत्रका केही भागबाटपछि हट्ने भएको छ ।

प्रतिक्रिया

%d bloggers like this: