बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

रोकिराखेको ट्रकमा ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

पूर्णपुष्टि, कात्तिक २७ 

काठमाण्डौको कलंकीमा रोकिराखेको ट्रकमा अर्को ट्रक ठोकिदा तीन जनाको मृत्यु भएको छ ।

मकालु पेट्रोल पम्प छेउमा पार्किङ गरेर राखेको बा ३ ख ७५ ३० नम्बरको ट्रकलाई कुखुराको चल्ला लिएर आएको बा ५ ख ८८६५ नम्बरको ट्रकले ठक्कर दिँदा ठक्कर दिने ट्रकमा रहेका ३ जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।
नुवाकोट सुन्दरदेवी गाउँपालिकाका २४ वर्षीय रोशन तामाङ, नुवाकोट तारकेश्वरका ३७ वर्षीय माधव घिमिरे र नुवाकोट तारकेश्वरकै भुवेन्द्र तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते नुवाकोट तारकेश्वर घर भएका २२ वर्षीय विजय तामाङको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुईवटै ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले  जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: