शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

हङकङका प्रजातन्त्रवादी सांसदद्वारा सामूहिक राजीनामा

पूर्णपुष्टि, कात्तिक २७ 

हङकङका प्रजातन्त्रवादी सांसदहरुले सामूहिक राजीनामा दिएका छन् ।

चीनले चार प्रजातन्त्रवादी सांसदलाई पदबाट हटाउन बाध्य गरेपछि सामूहिक राजीनामा दिएको अन्तराष्ट्रिय संचारमाध्यलहरुले जनाएका छन् ।
हिजो बेइजिङले राष्ट्रिय सुरक्षामा जोखिम ल्याउने राजनीतिज्ञलाई बर्खास्त गर्न पाउने अधिकारसहितको नयाँ व्यवस्था पारित गरेको थियो । त्यसलगत्तै हङकङका विपक्षी प्रजातन्त्रवादी सांसदहरुले सामूहिक राजीनामा दिएको जनाईएको छ ।

चीनले पछिल्ला दिनमा हङकङको स्वतन्त्रता सीमित गर्ने प्रयास गरिरहेको आरोप लाग्दै आएको छ । हङकङ चीनकै भाग भए पनि त्यहाँ स्वतन्त्र स्थानीय सरकार रहेको छ । हङकङको संसदमा ७० मध्ये १९ सिटमा प्रजातन्त्रवादी सांसद थिए ।

उनीहरुमध्ये चार जनालाई चीनको नयाँ नियमसँगै बर्खास्त गरिएको र बाँकीले सामूहिक राजीनामा दिएका जनाईएको छ ।

प्रतिक्रिया

%d bloggers like this: