मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

चितवनमा २४ जना जुवाडे पक्राउ

पूर्णपुष्टि, कात्तिक २७ 

चितवनमा पाँच लाख रुपैयाँसहित २४ जुवाडे पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट पाँच लाख १७ हजार रुपैयाँसहित २४ जना जुवाडे पक्राउ गरेका हुन् ।
स्थानीय सुनिलकुमार क्षेत्रीको कुखुरा खोरमा कौडा खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरुको साथबाट १६ थान कौडासमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई जुवा ऐनअन्तर्गत कारबाही गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: