आइत, जेष्ठ २, २०७८
Sun, May 16, 2021

लागुऔषधसहित सिराहामा २ युवा पक्राउ

पूर्णपुष्टि,कार्तिक २७

सिराहामा लागुऔषसहित २ जना युवा पक्राउ परेका छन् । धनगढीमाई नगरपालिका–६ का २६ वर्षीय रामेश्वर यादव र ४० वर्षीय दुखी यादव पक्राउ परेका हुन् ।

जिल्लाको गोलबजार नगरपालिकामा चेकजाँच गर्ने क्रममा स ७ प ७३२८ नम्बरको मोटरसाइकलमा सवार दुई जनासंग सय एमएलको डाइलेक्स डिसी ५० बोतल र नाइट्रोभेट ट्याब्लेट ६ सय थान फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय गोलबजारको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: