शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

गोली हानेर १ जनाको हत्या

पूर्णपुष्टि, कात्तिक २७

रौतहटको माधवनारायणमा गोली हानेर एक युवतीको हत्या गरिएको छ ।

माधवनारायण नगरपालिका–५ मा लौकाहाटोलमा हिजो राति ११ बजे घरमा सुतिरहेको अवस्थामा १८ वर्षीया अमृताकुमारी साहको हत्या गरिएको प्रहरीले जनाएको छ ।
अमृताको हत्या भएको र अनुशन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनाको सुक्ष्मरुपमा अनुशन्धान भैरहेकोले दोषी चाडोभन्दा चाडो पक्राउ पर्ने प्रहरीले जनाएको छ । मृतक युवतीको टाउकोमा गोली लागेको र घटनास्थलमा नै मृत्यू भएको प्रहरीले जनाएको छ ।

२०७६ फागुनमा सर्लाही जिल्लामा विवाह भए पनि उनी माइतमा नै बस्दै आएकी थिइन् । अमृताको हत्या भएपछि लौकाहाटोलका बासिन्दा त्रसित बनेका छन् ।

मृतक युवतीका श्रीमानलाई पनि अपरचित व्यक्तिहरुले गत वैशाखमा चक्कु प्रहार गरी घाइते बनाएको थियो । महिनौंको उपचारपछि उनी निको भएको परिवारका सदस्यहरुले जानकारी दिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: