शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

युक्रेनी राष्ट्रपतिलाई कोरोना सङ्क्रमण पुष्टि

पूर्णपुष्टि, कात्तिक २७ 

युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहे पनि अस्पताल भर्ना भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति जेलेन्स्कीसँगै उहाँका शीर्ष सहयोगी तथा युक्रेनका रक्षामन्त्री, र अर्थमन्त्रीलाई पनि सङ्क्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ ।

कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि युक्रेनले गत मार्च महिनामा कडा लकडाउन गरे पनि मे महिनामा खुकुलो बनाएको थियो ।

युक्रेनमा अहिलेसम्म पाँच लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने कोरोना भाइरसको सङ्क्रमणका कारण नौ हजारभन्दा धेरैको मृत्यु भएको जनाईएको छ ।

प्रतिक्रिया

%d bloggers like this: