शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

नेपालमा थप २३४९ जनामा कोरोना मुक्त

पूर्णपुष्टि, कात्तिक २७ 

नेपालमा आज थप दुई हजार तीन सय ४९ जना निको भएर घर फर्किएको छ । योसँगै उपचारपछि निको हुनेको संख्या एक लाख ६४ हजार पाँच सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ ।
पछिल्लो २४ घण्टामा एक हजार नौ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको सख्या दुई लाख चार हजार दुई सय ४२ पुगेको मन्त्रालयले जनाएको छ ।

अब नेपालमा ३८ हजार चार सय ६१ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै नौ सय ७४ ना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै गत २४ घण्टामा १५ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार एक सय ८९ पुगेको छ ।

प्रतिक्रिया