शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

उदयपुरको विभिन्न ठाउँमा ६७ हजार भन्दाबढी गाँजा फडानी

पूर्णपुष्टि, कात्तिक २७

उदयपुरको विभिन्न ठाउँमा अवैध रुपमा लगाईएको र आफै उम्रिएका ६७ हजार बोट भन्दाबढी गाँजा फडानी गरी नष्ट गरिएको छ ।
ताप्लि गाउँपालिका र बेलका नगरपालिकाको एक सय ५८ रोपनीमा अवैध रुपमा लगाईएको र आफै उम्रिएका ६७ हजार एक सय ५० बोट गाँजा फडानी गरी नष्ट गरिएको हो ।

अवैध गाँजा खेती नष्ट गर्ने अभियान अन्र्तगत यहि कात्तिक २२ गतेदेखि २६ गतेसम्म जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी उपरिक्षक भिमबहादुर दाहालसहितको प्रहरी टोली र ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरी निरिक्षकसहितको संयुक्त प्रहरी टोलीले बेलका नगरपालिका–७ को हिण्डुला, त्रिवेणी, बडाङ यरियामा अवैध रुपमा लगाईएका र अफै उम्रिएको गाँजा फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
त्यस्तै जिप्रका उदयपुर र ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी नायव निरिक्षकसहतिको संयुक्त प्रहरी टोलीले ताप्लि गाउँपालिका–१, २ र ४ को विभिन्न ठाउँमा अवैध रुपमा लगाएका र आफै उम्रिएको गाँजा फडानी गरी नष्ट गरेको प्रहरीले जनाएको छ ।

गत भदौ १ गतेदेखि अहिलेसम्म जिल्लाको त्रियुगा, बेलका नगरपालिका र ताप्लि, रौतामाई गाउँपालिकाको तीन सय ९२ रोपनी क्षेत्रफल अवैध रुपमा लगाएका र आफै उम्रिएको एक लाख १२ हजार छ सय १८ बोट गाँजा फडानी गरी नष्ट गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: