शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग खेल्दै

पूर्णपुष्टि, कात्तिक २८ 

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपालले बंगलादेशसँग ढाकामा रहेको बंगबन्धु रङ्गशालामा प्रतिस्पर्धा गर्नेछ । मुजिब वर्ष ’फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ अन्तर्गतको नेपाल र बंगलादेशको पहिलो खेल नेपाली समयअनुसार बेलुकी पौने ५ बजे सुरु हुने जनाईएको छ ।

नेपालले अर्को खेल आउँदो मङ्सिर २ गते खेल्ने कार्यक्रम तय भएको छ । मैत्रीपूर्ण खेलका लागि बंगलादेश गएका टोलीमध्ये एक जना खेलाडीलाई भने कोरोना सङ्क्रमण देखिएकाले उनलाई अस्पतालको आईसीयूमा राखिएको छ । उनको अवस्था सामान्य नै भए पनि यो खेल भने गुमाउने भएका छन् ।
विश्वभर फैलिएको कोरोना महामारीले गर्दा ८ महिनादेखि नेपाली टिमले फुटबल खेल्न पाएको छैन । बंगलादेशसँग खेल्दा नेपालले २०२१ मा हुने फिफा विश्वकप छनोट र फिफा वरीयतालाई ध्यानमा राख्ने खेलाडीले बताएका छन् ।

अहिलेसम्म नेपाल र बंगलादेश कुल १९ पटक प्रतिस्पर्धा गर्दा १२ पटक बंगलादेश विजयी भएको थियो भने नेपालले ६ खेल मात्र जितेको छ । १ खेल बराबरीमा सकिएको थियो ।

पछिल्लो पटक सन् २०१८ मा बंगलादेशमै भएको साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई २–० ले पराजित गरेको थियो ।

प्रतिक्रिया

%d bloggers like this: