शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

यूएईमा अविवाहित जोडी सँगै बस्न बैधानिकता

पूर्णपुष्टि, कात्तिक २८ 

संयुक्त अरब इमिरेट्स (यूएई) मा अब अविवाहित जोडी एक साथ बस्न पाउने भएको छ । यूएईले आफ्नो कानुन संशोधन गर्दै अब अविवाहित जोडी साथमा बस्नका लागि कानुनी रुपमा नै मान्यता दिएको हो ।
लामो समयदेखि यूएईमा लिभिङ टुगेदरलाई अपराध मानिन्थ्यो । नागरिक र प्रवासी नागरिकलाई सकारात्मक र अनुकूल बनाउनका लागि कानुनमा संशोधन गरिएको यूएई सरकारले जनाएको छ ।

केही हप्ता पहिला युएईले इजराइलसँग सम्बन्ध सामान्य बनाएको थियो । सम्बन्ध सामान्य बनाउनका लागि ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेको थियो । सम्बन्ध सामान्य बनाएका कारण र कानुन संशोधनका कारण अब यूएईमा इजरायलका पर्यटक बढ्ने अनुमान गरिएको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ ।

यूएईले इस्लामी कानुन हुँदाहुँदै पनि पर्यटक, विदेशी व्यवसायी र उद्योगहरुलाई आकर्षित गर्नको लागि पश्चिमी संस्कृतिलाई स्थान दिएको हो ।

प्रतिक्रिया

%d bloggers like this: