सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

ट्याक्टरमा झुण्डिन खोज्दा १ जनाको मृत्यु

पूर्णपुष्टि, कात्तिक २८

उदयपुरको लिम्चुङ्बुङमा ट्याक्टरमा झुण्डिनु खोज्दा लडेर एक जनाको मृत्यु भएको छ । लिम्चुङ्बुङ गाउँपालिका–३ सिवार्नीमा स्थानीय ३४ वर्षीय पदमबहादुर राना मगरको मृत्यु भएको हो ।
ना ६ त १९०८ नम्बरको ट्याक्टरको पछाडीको डालामा झुण्डिनु खोज्दा लडेर मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र ट्याक्टर चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: