शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

नेपाललाई अमेरिकाले १ सय थान भेन्टिलेटर दियो

पूर्णपुष्टि, कात्तिक २८

अमेरिकाले कोरोना भाईरस (कोभिड–१९)को विरुद्ध लडाईका लागी नेपाललाई एक सय थान भेन्टिलेटर सहयोग गरेको छ ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआईडी)मार्फत दिइएको भेन्टिलेटर अमेरिकी राजदूत ¥याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तानतरण गरेको हो ।

दुर्गम क्षेत्रका समुदायको उपचारमा सहयोग पुगोस् भनेर भेन्टिलेटर सहयोग गरेको जनाईएको छ । अमेरिकाले दिएको भेन्टिलेटरमध्ये सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई ७/७ वटाका दरले वितरण गरिने छ । बाँकी हरेक सरकारी अस्पताललाई दुई–दुईवटाका दरले दिइने जनाईएको छ ।

प्रतिक्रिया

%d bloggers like this: