बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

खसी भनेर बाख्राको मासु बेच्नेलाई कारबाही

पूर्णपुष्टि, कात्तिक २८

बाँकेमा खसीको मासु भनेर बाख्राको मासु बेच्ने फ्रेस हाउसलाई जरिवाना गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले नगर भित्र रहेका मासु पसलको अनुगमन गर्ने क्रममा खसी भनेर बाख्राको मासु बेच्ने थ्री स्टार फ्रेस हाउसलाई जरिवाना गरेको हो ।
उपमहानगरपालिका अन्तर्गतको उपभोक्ता हित संरक्षण समितिले गरेको अनुगमनका क्रममा टोलीले नेपालगञ्जको बागेश्वरी हलरोडमा रहेको थ्री स्टार फ्रेस हाउसलाई ५० हजार रुपैयाँ जरिबानासहित बन्द गराएको छ । बाख्राको मासुलाई खसीको भन्दै बिक्री गरेको तथा खान अयोग्य, सडेको मासु बिक्रीका लागि राखिएको पाइएको अनुगमन टोलीले जनाएको छ ।

पसलबाट खाना अयोग्य ३५ किलो मासु नष्ट गरिएको छ । त्यसैगरी फुल्टेक्रामा रहेको आवेश दाना सप्लायर्समा बिना दर्ता मासु बिक्री भएको पाइएकाले दर्ता नहुँदासम्म ब्यवसाय बन्द गर्न टोलीले निर्देशन दिएको छ ।

प्रतिक्रिया

%d bloggers like this: