बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

१६ नं. वडाको ३२ उपलब्धीमुलक काम सार्बजनिक, वडाविकासमा याेगदान गर्नेहरूलाइ अभिनन्दन

पूर्णपुष्टि, कार्तिक २८ ।

त्रियुगा नगरपालिकाको १६ नं. वडा सरकारको तीनवर्षे कार्यकालमा ३२ वटा महत्वपूर्ण काम भएको छ । वडाभित्र भएका महत्वपूर्ण कामहरुलाई वडा सरकार र वडाबासीको उपलब्धीको रुपमा लिदै वडाले हिजो प्रगति प्रतिवेदन सार्बजनिक गरेको छ ।

नगरप्रमुख बलदेव चौधरीको उपस्थितिमा तीनवर्षे प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०७७/०७८ को योजना तथा वजेट सार्बजनिकरण कार्यक्रमको आयोजना भयो । वडाध्यक्ष मानबहादुर राईले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वडाको कार्यसम्पादन, सडक पूर्वाधार विकास, उज्यालो विद्युत वर्ष, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, संचार विकास, सुरक्षित आवाजस, उत्पादनवर्ष, व्यवसायिक कृषि तथा पशुपालन, युवा तथा खेलकुद, स्वच्छ खानेपानी, सिँचाईको क्षेत्रमा उल्लेख्य काम भएको जानकारी दिनुभयो । धार्मिक तथा पर्यटन, संस्कृति विकास, कोरोना नियन्त्रण अभियान, मेलमिलापको क्षेत्रमा पनि उल्लेख्य काम भएको बताउनुभयो ।

तीनवर्षमा भएका महत्वपूर्ण कामहरुलाई प्रगति प्रतिवेदनको रुपमा ३२ बुदामा समेटी वडाले प्रकाशन गरेको पुस्तकको विमोचन मेयर चौधरी र कार्यक्रममा उपस्थिति नेकपा प्रदेश सदस्य तथा जिल्ला सचिव इश्वरमणी राउत, जिल्ला कार्यालय सदस्य परमेश्वर घिमिरे, जिल्ला सचिवालय सदस्य एवम् एन्फा प्रवक्ता किरण राई, जिल्ला सदस्य मन्दिप राई, त्रियुगा नगर अध्यक्ष प्रकास बस्नेत, उपाध्यक्ष गिता खड्का कार्की, १४ नं. वडाध्यक्ष कुरुङ राईले संयुक्तरुपमा गरेका थिए ।

वडाबासीप्रति पूर्ण जवाफदेखि र पारदर्शी हुदै पुस्तक प्रकाशन गरी घरघरमा वितरण गरिएको वडाध्यक्ष राईले बताउनुभयो । जनताको जान्न पाउने र बुभ्mन पाउने सुचनाको हकलाई सम्मान गर्दै वडा यस्तो काम गरेको उहाँले बताउनुभयो । कोरोनाप्रतिको सतर्कता अपनाउदै गरिएको कार्यक्रममा सहभागि सबैलाई पुस्तक वितरण गरिएको थियो । वडाबासीको घरघरसम्म पुस्तकको माध्यमबाट सूचना पुर्याउने उद्देश्यले हरेकवर्ष वडाले प्रगति प्रतिवेदन र योजना तथा बजेट सार्बजनिक गर्दै आएको छ । वडाको भौगोलिक, आर्थिक, सामाजिक, सांस्कृत, पर्यटन आदि विषयबस्तु समेटिएको भिडियो समेत सार्बजनिक भएको छ ।
१६ नम्बर वडाकाे भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्… https://youtu.be/ig2wvpyr_rU

वडा अन्तर्गतका १३ टोलविकास संस्था, सामुदायिक वन समुह तथा विभिन्न सामाजिक संघसंस्थाको प्रतिनिधि तथा पत्रकारहरुको उपस्थितिमा भएको कार्यक्रम वडाहरु मध्येकै नमुना बनेको मेयर चौधरीले बताउनुभयो । वडाको कामप्रति आफु सन्तुष्टि रहेको भन्दै मेयरले यस्ता कामहरुले वडालाई नमुना वडा बनाउने बताउनुभयो । वडालाई आफु नगर प्रमुखको हैसियतले सदा नजिकबाट हेर्ने र १६ नम्बर वडाबासीको सुखदुखमा साथ सहयोग गर्ने प्रतिबद्धता उहाँले गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा जिल्ला सचिव राउतले जनहितमा काम गर्नकै लागि पार्टीले जनप्रतिनिधिलाई पठाएको बताउनुभयो । १६ नं. वडा सरकारको कामप्रति वडाबासीको सन्तुष्टि देखिएको भन्दै उहाँले आगामी दिनमा थप वडाको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा वडाबासीको तर्फबाट मेयर चौधरीलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । साथै वडा सरकारलाई विभिन्न समयमा महत्वपूर्ण सहयोग गर्ने तथा कोरोना नियन्त्रण तथा राहत वितरणका लागि आर्थिक सहयोग गर्नेहरुलाई अभिनन्दन गरेको थियो । वडाले सञ्चालन गरेको टोलस्तरीय भलिबल प्रतियोगिताका खेलाडीहरुलाई पुरस्कृत पनि गरेको थियो ।
१६ नं. वडाकाे भिडियाे प्राेफायल हेर्न यहाँ क्लिक गर्नुहाेस्…

तस्विरहरू :
 

प्रतिक्रिया

%d bloggers like this: