शनि, जेष्ठ १, २०७८
Sat, May 15, 2021

विश्वमा एकैदिन ६ लाख भन्दाबढीमा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, कात्तिक २९ 

विश्वमा एकैदिन ६ लाख २८ हजार १ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ३२ लाख ६८ हजार १३ जना पुगेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ ।
अहिलेसम्म विश्वमा उक्त संक्रमितमध्ये ३ करोड ४३ लाख ९३ हजार ४ सय ४८ जना उपचारपछि निको भएका छन् भने १३ लाख ९ सय ५ जनाको मृत्यु भएको जनाईएको छ ।

अमेरिका कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश हो । अमेरिकामा १ करोड १० लाखभन्दा धेरै व्यक्ति सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया

%d bloggers like this: