शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

बेलकाको ७ नं वडा मैनामैनीमा बिजुली पुग्यो, सबै वडामा बिजुलीको पहँच

पूर्णपुष्टि,कार्तिक २९

उदयपुरको बेलका नगरपालिकाको सबै वडामा विजुलीको पहँच पुगेको छ । बेलकाको विकट वडाको रुपमा पर्ने ७ नं वडा मैनामैनीमा पनि यो बर्ष देखि विजुली बत्ति बलेपछि नगरको सबै वडामा बत्तिको पहुँच पुगेको हो ।

यो वर्षको दिपावली बत्तिको झिलिमिलीमा हुने भएपछि स्थानीयहरु हर्षित बनेका छन् । वडामा नेपाल सरकारको ९० प्रतिसत रकम रहेको १२ करोड ६० लाख र स्थानिय बेलका नगरपालिकाको १० प्रतिसत बरावरको रकम रहेका १ करोड ४० लाख गरी कुल १४ करोड रुपैयाँको लागतमा बत्ती बालिएको हो ।

बत्तिको उद्घाटन बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापा, उपमेयर राजकुमारी चौधरी लगाएतले गर्नुभयो । उद्घाटन सँगै थापाले दिपावलीको कोसेली स्वरुप मैनामैनीवासीका लागि एम्बुलेस पनि प्रदान गरिने जानकारी गराउनुभयो । थापाले एम्बुलेस पनि १५ दिन भित्र आईपुग्ने समेत स्थानीयहरुलाई बताउनुभएको छ । मेयर थापका अनुसार एम्बुलेस सुत्केरी आमाहरुका लागि निःशुल्क हुने छ साथै बिपन्न, असाह्य र अपाङ्गहरुका लागि पनि वडा कार्यालयको सिफारिसमा निःशुल्क गरिने छ ।

कस्मिक ईन्जिनियरीङ प्रालिले बिद्युत बिस्तारको काम ठेक्का प्रणाली मार्फत गर्दै आएको ठोक्सिला उर्जा तथा ग्रामीण बिकास केन्द्रका सचिव रमन भट्टराईले बताउनुभयो ।
  

प्रतिक्रिया

%d bloggers like this: