बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

डा. गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि, आफ्नो उपचार खर्च आफै बेहोर्ने

पूणर्पुष्टि, कार्तिक, २९

डा. गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । केही लक्षण देखिएपछि बिहीबार गरिएको पीसीआर परीक्षणमा डा. केसीलाई कोरोना संक्रमण पुष्टि भएको हो । डा. केसीका सहयोगी प्रितम सुवेदीका अनुसार उनलाई रुघाखोकी लाग्नुका साथै ज्वरोसमेत आएको छ ।

सुवेदीका अनुसार केसीलाई श्वासप्रश्वासमा समेत समस्या देखिएको छ । डा. केसी अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको गणेशमान सिंह भवनमा उपचाररत छन् ।

डा. केसीले कोरोना संक्रमण उपचारमा लाग्ने खर्च आफै बेहोर्ने बताएकाछन् । उनले सरकारले उपचार गर्ने निणर्यमा आफ्नो उपचार खर्च आफै बेहोर्ने र बरु नागरिकहरुको लागि सरकारले आफ्नो कर्तव्य पालना गर्दै कोरोना उपचारमा ध्यान पुराउन आग्रह समेत गरे । शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट संक्रमित डा. केसीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्पूणर् उपचार खर्च बेहोर्ने बताएपछि केसीले आफ्नो सम्पूणर् खर्च आफैले बेहोर्ने बताउनुभएको थियो ।

डा. केसीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट विज्ञप्ति जारी गर्दै आफ्नो खर्च आफै बेहोर्ने बताउँदै विज्ञप्तिमा भनेका छन्, ’म कोभिड (१९ बाट संक्रमित भएपछि प्रम केपी शर्मा ओलीले दिनुभएको स्वास्थ्यलाभको शुभकामना सन्देशका लागि हार्दिक धन्यवाद दिन चाहन्छु । सरकारले मेरो उपचार खर्च बेहोर्छु भनेको सन्दर्भमा भने मेरो उपचार खर्च म आफै बेहोर्छु बरु सरकारले आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गरोस् । विज्ञाप्तीमा उल्लेख छ ।

विपन्न र दूरदराजका कोरोना संक्रमितलाई निःशुल्क उपचार आवश्यक भए पनि उनीहरुले अहिलेसम्म उपचार पाउन नसकेको पनि डा. केसीले विज्ञप्तिमा उल्लेख गरेका छन् । विज्ञप्तिमा अगाडि भनिएको छ, ’अझै पनि सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नु भन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनुपर्दछ।’

आफूहरुसँग पटक पटक गरिएका सम्झौता कार्यन्वयन भएको भए देशका दूरदराजदेखि सबै भेगमा ठूला सरकारी अस्पताल, मेडिकल कलेज बनिसकेको हुने र त्यहाँका नागरिकले कोरोना साथसाथै सम्पूणर् रोगहरुको गुणस्तरीय, निःशुल्क, सर्वसुलभ स्वास्थ सेवा पाउने अवस्था आइसक्ने पनि डा. केसीले बताएका छन् ।

प्रतिक्रिया

%d bloggers like this: