मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

आफ्नै श्रिमती र छोरीमाथि एसिड प्रहार गर्ने साह पक्राउ

पूर्णपुष्टि,कार्तिक २९ 

धनुषामा आफ्नै श्रिमती र छोरीमाथि एसिड प्रहार गर्ने साह पक्राउ पक्राउ परेको छ । जनकपुर उप–महानगरपालिका–२० का २४ वर्षीय सञ्जिव साह पक्राउ परेको हो । श्रिमती र छोरीमाथि एसिड प्रहार गरी भागेका सञ्जिबलाई जनकपुर–४ संकटमोचन मावि नजिकबाट प्रहरीले पक्राउ गरेको हो ।

सोही उप–महानगरपालिका–७ जानकीनगरमा डेरा गरी बस्ने २१ बर्षीया आरती साह र उनकी छोरी ३ बर्षीया रिया साहमाथि सञ्जिव साहले शनिबार बिहान एसिड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले  जनाएको छ ।
 आरतीको अनुहारसहित पेट र छाती लगायत शरीरको बिभिन्न ठाउँमा एसिड परेको छ । एसिडले उनको २० प्रतिशत शरीर जलेको र अवस्था गम्भीर रहेकोे छ । छोरी रियाको टाउको र बायाँ हातमा एसिड परेको छ । आमाछोरीको जानकी हेल्थ केयर एण्ड टिचिङ अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरु आपसि विवादका कारण पछिल्लो समय छुट्टाछुट्टै बस्दै आएका थिए । शनिबार बिहान पत्नीको कोठामा पुगेका साहले आमा छोरीमाथि एसिड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: