शनि, जेष्ठ १, २०७८
Sat, May 15, 2021

धान झार्ने क्रममा थ्रेसरमा च्यापिदा एक महिलाको मृत्यु

पूर्णपुष्टि,कार्तिक २९

झापामा एक महिलाको धान झार्ने क्रममा थ्रेसरमा च्यापिएर शनिबार बिहान मृत्यु भएको छ ।

बाह्रदशी गाउँपालिका–६ बालुवानीका ४७ वर्षीया लीलादेवी चापागाईँ थ्रेसरमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सोही वडाका भूपाल प्रसाईको मे १ त ६६०१ नम्बरको ट्याक्टरमा थ्रेसर जडान गरी धान झारिरहेको बेला भूईमा झरेको धानको बाला टिप्ने क्रममा फितामा सारी बेरिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार शुरुमा महिलाको कपडा र कपाल तानेपछि थ्रेसरले उनको शरीरलाई पनि भित्रै तानेको थियो ।

मृतक महिलाको शव पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: