सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

नेपालटारमा माेटरसाइकलकाे ठक्करबाट पैदलयात्रीकाे मृत्यु

पूर्णपुष्टि, कात्तिक ३० ।

उदयपुरको उदयपुरगढी ७ नेपाल्टारमा मोटरसाईकलको ठक्करबाट सोही स्थान बस्ने १८ बर्षीया निर्मला बि.क.को मृत्यु भएको छ । आज विहान ८ बजे स ९ प ४७२ नम्बरको मोटरसाईकलले पैदल यात्री निर्मलालाई ठक्कर दिदा उनि गम्भिर घाइते भएकी थिईन । घाईते निर्मलाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।  मोटरसाईकल र मोटरसाईकल चालक उदयपुरगढी ८ बस्ने १९ बर्षीय मेसक राई नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

त्यसैगरी, मोरङ बिराटनगर १२ शुक्रबारे हाटमा बस्ने २६ बर्षीय घनश्याम कामतको  मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । हिजो राती पौने १० बजे को १८ प ४८३१ नम्बरको मोटरसाईकल  भित्री सडकखण्डमा बिजुलीको पोलामा ठोकिएर दुर्घटना हुदा उनकाे मृत्यु भएकाे प्रदेश प्रहरीले जनाएकाे छ  । दुर्घटनाबाट घाईते भएका  मोटरसाईकल चालक घनश्यामको न्युरो अस्पतालमा उपचारको क्रममा राती साढे १० बजे  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सोही मोटरसा ईकल पछाडी सवार रहेका २० बर्षीय राजेश कामत र ४ बर्षीया सोनु कामत समेत घाईते भएकोमा उनिहरुको उपचार भईरहेको छ ।

प्रतिक्रिया

%d bloggers like this: