सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

बेस्ट सिनेमेटोग्राफिको अवार्ड सिर कुमार राईलाई

पूणर्पुष्टि, कार्तिक ३०

बेस्ट सिनेमेटोग्राफि तथा (चलचित्र निर्माण प्रविधि) को अवार्ड सिर कुमार राईलाई प्रदान गरिएको छ  । रमपम पूर्वेली म्युजिक अवार्ड अन्तर्गत राईले सिनेमेटोग्राफि अवार्ड हात पारेका हुन् । जिएम प्रोडक्सन प्रालिको संञ्चालक समेत रहेका राईले सन २००८ देखी चलचित्र तथा म्युजिक भिडियोहरु निर्माण कार्यमा योगदान पुराउँदै आएका थिए ।

पहिलो पटक अयोजना गरिएको रमपम पूर्वेली म्युजिक अवार्ड बिभिन्न २२ विद्यामा प्रदान गर्दै सम्पन्न गरिएको छ । पूर्वको इटहरी शहरको होटल बरण्डा स्थित शुक्रबार पूर्वेली लोक गित संगितको उच्च सम्मान र संरक्षणमा विषेश ध्यान पुगोस भन्ने हेतुले पूर्वेली लोक गित संगितमा योगदान पुराउने बिभिन्न व्यक्तिहरुलाई अवार्ड प्रदान गरेको हो ।

पूर्वेली नेटवर्क मिडिया प्रालिको आयोजनामा गरिएको उक्त अवार्ड कार्यक्रममा पूर्वेली लोक गित संगितमा योगदान पुराउने बिभिन्न २२ जना पुराना तथा नयाँ कलकारहरुलाई अवार्ड प्रदना गरिएको पूर्वेली नेटवर्क मिडिया प्रालिले बताएको छ ।

प्रतिक्रिया