बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

गाईघाटमा बिमा अभिकर्ताहरुको जमघट, गाईघाट शाखाको नेतृत्वमा रम्तेल

पूर्णपुष्टि/उदयपुर, चैत ६ गते

-सम्पूर्ण अभिकर्ता एकजुट होऔ–पेशाको सम्मान गर्दै समग्र आर्थिक स्तर उकासौं” भन्ने नाराका साथ पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिडेट, शाखा गाईघाट (उदयपुर)को दोस्रो अधिवेशन मंगलबार गाईघाटमा सम्पन्न भयो ।

उदयपुर, सप्तरी, सिरहाका शहरबजारदेखि ग्रामिण भेगसम्म बीमा कार्यमा खटिने अभिकर्ताहरुको सहभागिता रहेको कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पेशागत बीमा अभिकर्ता स.घ नेपालका केन्द्रिय सचिव तथा बीमक समिति नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख सल्लाहका रामकुमार बुढाथोकीले गर्नभयो । मैनबत्ति बालेर उद्घाटन भएको कार्यक्रमको बिषेश आतिथ्यमा केन्द्रिय सदस्यहरु सूर्यप्रसास दाहाल, चन्द्रकला पौडेल र तेजप्रसाद तिवारी हुनुहुन्थ्यो भने विभिन्न शाखा/उपशाखाका प्रमुख तथा प्रतिनिधि, पत्रकारलगायतको आतिथ्य रहेको कार्यक्रम उदयपुर शाखाका कार्यवाहक अध्यक्ष लालबहादुर रम्तेलको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा वक्ताहरुले विमा कम्पनीले राज्यलाई ठूलो टेवा पुर्याइरहेको बताए । उनीहरुले विमा अभिकर्ताहरुको योगदानको चर्चा गर्दै बिमाबाट समग्र आर्थिक स्तर उन्नतीमा टेवा पुग्ने बताए । उनीहरुले सबैले जीवन विमा गर्दा हुने फाईदाको बारेमा गाउँगाउँसम्म सन्देश पुर्याउनपर्ने बताएका थिए ।

कार्यक्रममा राम्रो काम गर्ने अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । साथै अतिथिहरुलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।

१५ सदस्यीय नयाँ कार्यसमिति चयन

अधिवेशनले लालबहादर रम्तेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सकुन्तला चन्दन चौधरी, सचिवमा अनिल कुमार चौधरी, सहसचिव गोपी मिजार, कोषाध्यक्ष अनिता विश्वकर्मा चयन भएका छन् ।

सदस्यहरुमा ब्रम्हदेव यादव, अम्बिका न्यौपाने, टेममाया थापा केप्छाकी, ओमकुमार श्रेष्ठ, रोहिद प्रसाद रिजाल, सरस्वती चौधरी, ध्रवकुमार साह, सन्जु यादव र निर्मला चौधरी रहेका छन् । एकजना थप मनोनित गरिने ।

प्रतिक्रिया

%d bloggers like this: