आइत, जेष्ठ २, २०७८
Sun, May 16, 2021

उदयपुरमा यो बर्षको छैट घरघरमै

पूणर्पुष्टि, मंसिर २ 

कोरोना संक्रमणको कारण यो बर्षको छैठमा असर पुगेको छ । विगतका बर्षहरुमा झै यो बर्ष खोलाहरुमा छैठ मनाउन निषेध गरिएको छ । हिन्दु धर्मलम्वीहरुको बिषेश गरी मधेशी समुदायमा ठुलो पर्वको रुपमा मनाईने यो पर्व घरघरमै रहेर मनाउने निणर्य गरिएको त्रियुगा छैठ समितिको अध्यक्ष राहुल यादवले बताउनुभयो । उहाँले सबैलाई आआफ्नै घरमा सुरक्षितका साथ छैठ माउन समेत अनुरोध गर्नुभयो ।

कोरोना भाईरसका कारण उदयपुरका सबै खोलाहरुलाई प्रशासनले निषेध गरिसकेको छ । जिएमसिसिका अनुसार यो बर्ष खोलामा सँधा झै छैठलाई भव्य रुपमा मनाउन नसकिने भएको छ ।

यो बर्षको सबै चाँडहरु सँधा झै मनाउन सकिएन । त्यस्तै तत्कालै आउँदै गरेको छैठलाई त्रियुगा नदिमा धुमधामका साथ पहिले जसरी मनाउन नसकिने समितिका अध्यक्ष यादवले बताउनुभयो ।

अध्यक्ष यादवका अनुसार बिषेश रुपमा रहेको छैठ पर्वमा सुर्यलाई अर्ग दिदैँ आफ्नो बिभिन्न मागहरुको माग गर्ने चलन छ ।

छैठमा सुर्यलाई केरा, उखु, अन्य फलफुल दिएर अर्ग दिदै आफ्नो सफल भविष्यको कामान गर्ने छैठ पर्व मनाउने व्यक्तिहरुको भनाई छ ।

प्रतिक्रिया