मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

बेलका प्रथम बेलका च्याम्पियन लिग सुरु, एन्फा प्रबक्ता राईद्वारा उद्घाटन

पूर्णपुष्टि, मंसिर २ ।

उदयपुरकाे बेलका नगरपालिकामा प्रथम बेलका च्याम्पियन लिग २०७७ अाजबाट सुरु भएको छ ।
लिगकाे उद्घाटन अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रबक्ता किरण राइले गर्नुभयाे ।
लिगमा १२ वटा क्लबहरुले भाग लिएका छन् ।
नेपाल सरकारले कोरोना सगै खेलकुद क्षेत्रलाई खेलकार्यक्रम लाइ स्वास्थ लाई ख्याल राख्दै गर्न दिने निर्णय सगै हालको अवस्थामा बेलका नगरपालिकामा लिग खेल भएको हो ।
उद्घाटन कार्यक्रममा १ नम्बर प्रदेशका पदाधिकारी, जिल्ला फुटबल संघ अध्यक्ष रन्जन कार्कि लगायत पदाधिकारी ,बेलकाका उपप्रमुख स्थानीय राजनीतिक दलका नेता,सामाजिकहरुको उपस्थितिमा भएकाे उद्घाटन खेल रामपुरका विरुद्ध आयोजक एकेडेमी बीच भएको खेलमा ४-२ का अन्तरले रामपुरले जित हात पारेको छ ।
एन्फा प्रबक्ता राइले खेलकुदको बिकासले मात्र सर्वाङिण बिकास हुने भन्दै आयोजक सस्थालाइ हौसला दिनुभयाे । च्याम्पियन लिगका अध्यक्ष तथा उद्घाटन खेलका अध्यक्ष विशाल लिम्बुले सम्पुर्ण उपस्थित सहयोगि सस्था ,खेलाडी ,सुभेछुकलाई धन्यवाद प्रकट गर्नुभयाे ।

प्रतिक्रिया