सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

जीप दुर्घटना हुदा लमजुङमा १ पुरुषको मृत्यु र ११ घईते

पूर्णपुष्टि,मंसिर ३

लमजुङमा बोलेरो जीप दुर्घटना हुँदा १ पुरुषको मृत्यु भएको छ  भने ११ जना घाइते भएका छन् । सुन्दरबजार नगरपालिका दोर्दी–५ पाचोकको ७० वर्षीय सोनी गुरुङको उपचारको क्रममा मृत्यु भएको हो । पाचोक जाँदै गरेको ग १ ज ७१२७ नंम्बरको जीप दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा मङ्गलबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

दुर्घटनामा घाइते भएका गुरुङको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक गुरुङको शव परीक्षणका लागि बेँसीशहर नगरपालिका–८ स्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । त्यसैगरी ११ जना घाइतेमध्ये ४  गम्भीर र ७ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गम्भीर घाइते हुनेहरुमा सोही गाउँपालिका–५ का १५ वर्षीय निराजन गुरुङ, १७ वर्षीय सुरेश गुरुङ, २० वर्षीय प्रकाश गुरुङ र वडा नं ४ का ४८ वर्षीय पञ्चबहादुर तामाङ रहेका छन् ।

त्यसैगरी अन्य घाइते हुनेहरुमा सोही जीपका चालक दोर्दी–५ पाचोकका ३७ वर्षीय मखनसिंह गुरुङ, सोही वडाका ३५ वर्षीय दुखित गुरुङ, पाँच वर्षीय दीपशन गुरुङ, पाँच वर्षीया आशिका गुरुङ, ४२ वर्षीया मसिना गुरुङ, १६ वर्षीय निराञ्जन गुरुङ र आठ वर्षीया निर्जला गुरुङ रहेका छन् । घाइतेहरुको हातखुट्टा, ढाड, टाउकोलगायत शरीरका विभिन्न स्थानमा चोट लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: