शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

माइक्रोबस भिरबाट खस्दा एकको मृत्यु

पूणर्पुष्टि, मंसिर ३

माईक्रो बस भिरबाट खस्दा तनहुँमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका-३२ की २९ वर्षीया सुनीता गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

तनहुँ स्थित व्यास नगरपालिका- ५ मानहुँकोट जाँदै गरेको ग १ ख २९४२ नम्बरको माइक्रोबस बुधबार बिहान साढे ५ बजेतिर भिरबाट खसेको थियो । बसमा सवार ८ जना घाइते भएका छन् ।

उकालोमा तान्न नसकेपछि केही यात्रु झरेर गाडी धकेल्न खोज्दा ‘ब्याक’ गएर भिरबाट खसेको तिमिल्सिनाले जानकारी दिनुभयो ।

‘घाइते ९ जनामध्ये सुनीताको उपचारका क्रममा दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको हो ।’ सात जनालाई सामान्य उपचारपछि घर पठाइएको र एक जनालाई पोखरास्थित मणिपाल अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।

१६ जनाजति यात्रु बोकेर पोखराबाट माइक्रोबस मानहुँकोट उकालोमा दुर्घटनाग्रस्त भएको हो ।

प्रतिक्रिया

%d bloggers like this: