शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

झापामा ट्रकले मोटरसाइकलाई ठक्कर दिदा दुईको मृत्यु

पूर्णपुष्टि,मंसिर ३

झापाको विर्तामोडमा  ट्रकले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बुद्यशान्ति गाउँपालिका–३ बस्ने ११ वर्षीय दिप्सन कँडेलको र अर्का नाम नखुलेका पुरुषको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ३३५० नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको मे २ प ४८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीकाअनुसार नाम नखुलेका पुरुषको परिचय खोज्ने काम भइरहेको छ । अर्कोतिर ट्रकका चालक मोटरसाईकललाई ठक्कर दिने बित्तिकै फरार भएकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: