शनि, जेष्ठ १, २०७८
Sat, May 15, 2021

नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

पूर्णपुष्टि,मंसिर ५

झापामा नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१५ हेल्दुवारीका २४ बर्षीय बिष्णु राजवंशी र १८ बर्षीय सागर पाहान हुन् ।

उनीहरुलाई बिशेष सूचनाको आधारमा प्रहरी चौकी ज्यामीरगढिबाट खटिएको प्रहरी टोलीले बिहिवार साँझ हेल्दुवारीमा बा ३८ प ३८८५ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई रोकेर चेकजाँच गर्ने क्रममा ११.०६ ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट नेपाली रुपैयाँ ८१ हजार १ सय, भारतिय रुपैयाँ १ सय १० रुपैयाँ र मोवाई २ थान बरामत भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ  । लागुऔषध सहित पक्राउ परेका दुवै माथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: