सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

विराटनगरको अस्पतालमा कोरोनाबाट थप तीनको मृत्यु

पूर्णपुष्टि,मंसिर ५

विराटनगरको अस्पतालमा उपचाररत थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालमा २ र विराटनगरको नोबेल शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको हो ।

सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ८८ वर्षीय वृद्धको बिहान ५ः५० बजेतिर विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । वृद्धमा कार्तिक २७ गते कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।

कोरोना पुष्टि भएपछि उपचारका लागि विराटको आइसोलेसनमा भर्ना गरिएको वृद्धको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार मृतकमा मधुमेह र उच्च रक्तचापको पुरानै समस्या थियो ।

भारतको साहेवगञ्ज घर भएका ७० वर्षीय वृद्धको उपचारका क्रममा बिहान ६ः५० बजे सोही अस्पतालमा मृत्यु भएको छ । बुधबार श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारको लागि अस्पताल भर्ना गरिएको थियो ।

उनको पीसीआर परीक्षण गराउँदा बिहिबार रिपोर्ट पोजिटिभ आएको हो । उनमा कोरोना पुष्टि भएपछि  उपचारको लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

झापाको गौरादह नगरपालिका–८ का ६३ वर्षीय वृद्ध पुरुषको नोबेल शिक्षण अस्पतालमा बिहान ७ः३० बजेतिर मृत्यु भएको छ । अस्पतालका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि बुधबार अस्पताल भर्ना गरिएको थियो । पीसीआर परीक्षण गराउँदा बिहीबार रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: