शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

ताप्ली गाउँपालिकाको भवनमा बम विस्पोट

पूणर्पुष्टि, मंसिर ७

उदयपुरको ताप्ली गाउँपालिकामा शक्तिशाली बम विस्पोट भएको छ । शनिवार राति करिब १ बजेको समयमा रुपाटार ५ स्थित बम विस्पोट भएको हो । नागरिक सहायता कक्षमा बम विस्फोट हुँदा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत, लेखा अधिकृत, उपाध्यक्षको कार्यकक्षमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जनाकारी दिनुभयो ।

विस्फोटले ती सबै कार्यकक्षको ढोका, झ्याल, कम्प्युटर, प्रिन्टर, टेबल, दराज, सोफा लगायतका सामानमा क्षति भएको प्रहरीले जनाएको छ । अहिले घटना स्थल प्रहरीले नियन्त्रणमा लिएको एसपी दाहालले जानकारी दिनुभयो ।

अज्ञात समुहले गाउँपालिकाको नागरिक सहायक कक्षमा एउटा बम विस्फोट गराएको थियो भने अर्को बम विस्फोट हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

बम विस्फोटको जिम्मा कसैले नलिएकोले अज्ञात समूहनै रहेको एसपी दाहालले जानकारी दिनुभएको छ । गाउँपालिकाको आफ्नै कार्यालय नहुँदा पालिका केन्द्र महेन्द्र रत्न माध्यमिक विद्यालयको भवनमा भाडामा संचालनमा रहेको थियो ।

यस्तै गाउँपालिकाको गेटमा विस्फोट हुन बाँकी रहको अर्को बमको डिस्पोजल गर्न १८ नं. बाहिनी अड्डा भुल्केलाई खबर गरिएको एसपी दाहालले जानकारी दिनुभएको छ ।

यस्तै गाउँपालिका अध्यक्ष उद्धव सिंह थापाले बम किन र कस्ले गराएको भन्ने आफु अनभिग्य रहेको बताउनुभएको छ । उहाँका अनुसार कुनै पार्टी तथा व्यक्तिगत कसैसँग रिसिवी नरहेको अध्यक्ष थापाले जानकारी दिए । उदयपुरको पालिका मध्यकै सवैभन्दा विकट पालिका ताप्ली गाउँपालिका पर्दछ ।

घटना बारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: