शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

सुत्केरीको मृत्युपछि चिकित्सक फरार

पूर्णपुष्टि,मंसिर ७

सिरहाको लहानस्थित डिभाइन हेल्थ केयर अस्पतालमा डाक्टरको लापरबाहीले सुत्केरीको मृत्यु भएको छ । सुखीपुर नगरपालिका–९ बैशाखा गाउँकी २७ वर्षीया आरती साहको मृत्यु भएको हो । सुत्केरीको मृत्यु पश्चात अस्पतालका चिकित्सक फरार भएका छन् ।

उनलाई शनिबार दिउँसो ४ बजे अस्पतालमा भर्ना गरिएको  थियो । उनको राती शल्यक्रिया गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

महिलाको मृत्यु भएपछि आक्रोशित उनका आफन्तहरु रातीदेखि नै प्रदर्शनमा उत्रिएक छन् । उनीहरुले अस्पतालमा तोडफोड गर्नुको साथै उपचारमा लापरबाही गर्ने डाक्टरमाथि कारबाहीको माग गरेका छन् । सम्भावित क्षति रोक्न प्रशासनले अस्पताल अगाडि सैयौं सुरक्षाकर्मी खटाएको छ । शल्यक्रियापछि जन्मिएको शिशुको अवस्था भने सामान्य छ । शिशुलाई अर्को अस्पतालमा सारिएको छ ।

प्रतिक्रिया

%d bloggers like this: