आइत, जेष्ठ २, २०७८
Sun, May 16, 2021

बिभिन्न कार्यक्रम गरी नवौँ कर दिवस गाईघाटमा सम्पन्न

पूणर्पुष्टि, मंसिर ७ 

करताता सेवा कार्यलयले सप्ताव्यापी कार्यक्रमको रुपमा मनाउँदै आएको नवौँ राष्ट्रिय कर दिवस सम्पन्न भएको छ । मंसिर ३ गते बाट बिभिन्न कार्यक्रम तथा अभियानहरु संञ्चालन गर्दै आएका कार्यलयले आइतबार कार्यक्रमलाई समापन गरेको हो ।

विगत झै यो बर्ष पनि बिभिन्न महत्वपूणर् कार्यक्रमहरु सँगै कर सप्ताह कार्यक्रमको समापन भएको करदाता सेवा कार्यलय गाईघाटका कर अधिकृत सुमन बुढाथोकीले बताउनुभयो ।

नवौँ राष्ट्रिय कर दिवसको अवसमा करदाता सेवा कार्यलयका कर्मचारीहरु कर छुट सम्बन्धि प्रचार प्रसार गर्दै

नवौँ राष्ट्रिय कर दिवसमा बिषेशगरी आर्थिक ऐन २०७७ मा लिएको छुट सुविधा बारे राजश्व छुट (कर स्किम) सम्बन्धि बिषेश रुपमा प्रचार प्रसार गरिएको बुढाथोकीले बताउनुभयो । उदयपुरको मुख्य बजाहरु गाईघाट, कटारी, बेल्टार र रामपुर लगाएत व्यपारी केन्द्रहरुमा यसको व्यापक प्रचार प्रसार गरिएको उहाँले बताउनुभयो

यो वर्षको कर चुक्ता गर्दा बिभिन्न ४ प्रकारका सुविधा लिनसक्ने कर अधिकृत बुढाथोकीले बताउनुभयो । उहाँले आर्थिक वर्ष ०७५/७५ देखि ०७६/७७ सम्मको आय विवरण बुझाउँदा सोमा लाग्ने कर ०७७ फागुन मसान्तसम्म दाखिला गरी स्थायी लेखा नम्बर लिएर करको दायराभित्र आउनेलाई शूल्क तथा व्याज मिनाहा हुने बताउनुभयो ।त्यसैगरी वार्षिक ५० लाखभन्दा बढी कारोबार गरेको तर, निकायगत पान नलिई कारोबार गरेर आय विवरण पेश नगरेकालाई आर्थिक ऐन ०७७ ले ०७३/७४ वा सोभन्दा अघिको आय विवरण, सो अनुसार आयकर र सोमा लाग्ने व्याजको २५ प्रशित हुने हर्जाना रकम पनि ०७७ फागुनभित्र बुझाए छुट पाउने व्यवस्था गरिएको छ ।

०७५ असार मसान्तसम्मको मूल्य अभिबृद्धि कर (भ्याट) बुझाउन बाँकी करदाताले आर्थिक ऐन ०७७ को दफा २१ (३) ले दिएको सुविधा बमोजिम बुझाउनुपर्ने कर विवरण, सो अनुसारको भ्याट र त्यसमा लाग्ने व्याजको ५० प्रतिशत लाग्ने हर्जाना रकम ०७७ फागुनसम्म बुझाएमा जरिवाना र थप दस्तुर तथा बाँकी व्याज मिनाहा हुने करदाता सेवा कार्यालयले जनाएको छ ।

समापन कार्यक्रममा कार्यलयका उत्कृष्ट कर्मचारी र सबै भन्दा बढी कर बुझाउने यो बर्षको उत्कृष्ट फर्म (कम्पनी) लाई अभिनन्दन समेत गरिएको छ । कटारीको नेपाल टे्रडिङ्ग एण्ड हार्डवेर प्रालीलाई कार्यलयले सम्मान पत्र सहित अभिनन्दन गरेको हो । त्यसैगरी कार्यलयको उत्कृष्ट कर्मचारीलाई पनि अभिनन्दन गरिएको छ । उत्कृष्ट कर्मचारीको रुपमा काम गर्न सफल टेक बहादुर कार्कीलाई नगद रु ५ हजार सहित सम्मान पत्र प्रदान गरिएको हो ।

प्रतिक्रिया

%d bloggers like this: