मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

मोटरसाइकल दुर्घटनामा एक प्रहरीको मृत्यु

पूर्णपुष्टि,मंसिर ७

बाराको महागढीमाई नगरपालिका–८ जोलगाभामा मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरी जवानको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका–१ बस्ने २७ वर्षीय राजकिशोर साहको मृत्यु भएको हो । जवान पर्साको खेस्राहा प्रहरी चौकीमा कार्यरत थिए ।

जोलगाभा स्थित थलही पुल नजिकै लङ्गडाचोकबाट बरियारपुरतर्फ जाँदै गरेको ना.६२.प.३६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा साहको घटनटस्थलमा नै मृत्यु भएको बारा प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले सञ्जय प्रसाद यादवलाई घाइते अवस्थामा उद्धार गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: