शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

एमसीसी र सिमा बारे ७ दलको बिरोध

पूणर्पुष्टि, मंसिर ७

देशको पछिल्लो अवस्थालाई नियाल्दै देशमा भईरहेको गतिविधिबारे सचेत रहन आग्रहका साथ उदयपुरमा ७ दलले बिरोध प्रदर्शन गरेको छ । आईतबार गाईघाट स्थित पिपलचोकमा जिल्लामा रहेका ७ दल पार्टीले संयुक्त रुपमा सरकारको निणर्यहरु प्रति आपत्ति जनाएको हो ।

हाल नेपालमा एमसीसी ख्यारेज गर्नु पर्ने  उनिहरुले बिषेश माग राखेका छन् । नेपाली जनताहरुलाई घातक हुने निणर्य सरकारबाट भईरहेको भन्दै यसको ख्यारेज गर्न माग गरेका हुन् ।

एमसीसी सँगै राष्ट्रियताको लागि सिमा सम्बन्धि सरकारले तत्काल भुमि फिर्तामा जोड गर्नु पर्ने माग राखेका छन् । नेपालमा पछिल्लो समय भईरहेको भ्रष्टचार, अन्यायलाई पनि तत्काल रोक्न अनुरोध गरेका हुन् ।

केन्द्रमा २२ दलिय भनेर भनाईको समिति उदयपुरमा भने ७ ओटा मात्र पार्टी रहेको माओवादी मजदुर पार्टीका केन्द्रिय महासचिव हिमाल सिंह राईले बताउनुभयो ।

देशभक्त जनगणत्रान्त्रिक मोर्चा, माओवादी मजदुर पार्टी, नेकपामाले, नेपाल कम्युनिष्ट १५ सेप्टेम्वर, नेकपा माओवादी क्रान्तिकारी पार्टी लगाएतका प्रतिनिधिहरुले संयुक्त रुपमा सिमा बिवाद र एमसीसी बारे बिरोध गर्दै आईरहेका छन्

प्रतिक्रिया

%d bloggers like this: