सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

चितवनमा हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु

पूर्णपुष्टि,मंसिर ८

चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । राप्ती नगरपालिका–१ निवासी ५० वर्षीय आइतबहादुर चेपाङको मृत्यु भएको हो ।

आइतबार निकुञ्जभित्र घाँस काट्न जाने क्रममा चेपाङलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घटनालगत्तै श्रीमती र आफन्तले शवलाई घर ल्याएका थिए । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जले चेपाङलाई कुनै किसिमको अनुमति तथा जानकारी बिना नै अनधिकृतरूपमा निकुञ्जको कोर इलाका प्रवेश गरेको जनाएको छ ।

४० वर्षीया श्रीमती विष्णुमाया चेपाङसहित निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत दोभान नजिक घाँस काट्न गएका चेपाङलाई हात्तीले आक्रमण गरेको थियो भने श्रीमती बच्न सफल भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: