शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

बैदेशिक रोजगारबाट फर्किएका त्रियुगा नगरपालिकाका कृषकहरुलाई ५० लाख बढीको कृषि तथा पशु सामाग्री वितरण

पूणर्पुष्टि, मंसिर ३

त्रियुगा नगरपालिका कृषि शाखाले बैदेशिक रोजगारबाट फर्किएका त्रियुगा नगरपालिका भित्रका कृषकहरुलाई ५० लाख २० हजार ९ सय ५० रुपयाँको कृषि तथा पशु सामाग्री वितरण गरेको छ ।

स्विस सरकारको आर्थिक सहयोग हेल्वेटास नेपालको प्राविधिक सहयोगमा त्रियुगा नगरपालिका कृषि शाखामार्फत विदेशबाट फर्किएका युवाहरुलाई आईतबार कृषि तथा पशु सामग्री वितरण गरिएको हो । कृषि तथा पशु सामाग्री त्रियुगा नगरपालिकाको मेयर बलदेव चौधरीले वितरण गर्नुभयो ।

सामाग्री वितरण सँगै मेयर चौधरीले व्यवसायिक कृषकलाई बैंकसँग सहकार्य गरेर विना धितो ५० लाख सम्मको ऋण उपलब्ध गराउन नगरपालिका जमानी बस्न तयार रहेको बताउनु भएको छ ।

त्रियुगा नगरपालिका अन्तर्गत रहेका बैंक तथा वित्तिय संस्थाहरुसँग सहकार्य गरेर कृषक समूहको योजना सहित कृषकलाई विना धितो बैंकबाट ५० लाखसम्मको ऋण उपलब्ध गराउने बारे छलफल भईरहेको मेयर चौधरीले बताउनुभयो ।

कृषि विकास बैंक बाहेक अन्य बैंकहरु कृषि क्षेत्रमा ऋण लगानी नगरेर त्यसबापत पेनाल्टी तिरिरहेको अवस्थामा अव त्रियुगा नगरपालिका सवै बैंकले कृषि क्षेत्रमा लगानी गर्नु पर्ने मेयर चौधरीको धरणा छ ।

नगरपालिकाले महिला, युवा तथा बैदेशिक रोजगारबाट फर्किएकाहरुलाइ च्याउ खेती उद्यम गर्न सुरुवाती सहयोग ९ लाख ५० हजार , बैदेशिक रोजगारबाट फर्केका युवालाइ बेमौसमी तरकारी खेती उद्यम गर्न ८ लाख तरकारी प्रशोधनको लागि स्थानिय स्तरमा ३ वटा समुहलाइ सोलार ड्रायर मेशिन खरिद तथा वितरणको बजेट १ लाख ४४ हजार र कृर्षि उपजहरुलाइ चिस्यान कायम गर्न सहकारीलाइ कोल्ड च्याम्बरको लागि बजेट ७५ प्रतिशतको रु ७ लाख ५० हजार गरि २६ लाख ४४ हजार बराबरको कृषि सामाग्री वितरण गरेको छ । बाँकी सामाग्री पशु शाखालाई वितरण गरिएको छ ।

हस्तान्तरण गरीएका सामाग्रीहरुमा लाष्टिक टनेल सेट तथा च्याउको बीउ, बिषदी छर्ने स्प्रे लगाएतका रहेका छन ।

 

प्रतिक्रिया