आइत, जेष्ठ २, २०७८
Sun, May 16, 2021

मोरङमा मोटरसाईकलको ठक्करबाट एकको मृत्यु, तीन गम्भिर घाईते

पूर्णपुष्टि,मंसिर ९

मोरङमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भिर घाईते भएका छन् । बेलबारी नगरपालिका–४ मा दुईवटा मोटरसाइकल बेलुका साँढे पाँच बजेतिर एकआपसमा ठोकिदा बेलबारी–७ का ३७ वर्षीय नवीन पौडेलको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १ –०२–०४२ प ४२१६ नम्बर र विपरीत दिशाबाट आउँदै गरेको को ३९ प ३८०१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

दुर्घटनामा परी को ३९ प ३८०१ नम्बरको मोटरसाइकलका चालक पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका पौडेलको उपचारको क्रममा बेलुका ७ः१० बजेतिर विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जाएको छ । उक्त मोटरसाइकलको पछाडि सवार २६ वर्षीय मनोज विष्ट घाइते भएका छन् । उनको हात र खुट्टामा चोट लागेको छ । उनको बेलबारी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

सोही दुर्घटनामा परेका अर्को मोटरसाइकलका चालक सुनसरीको धरान उपमहानगरपालिका–१७ का २० वर्षीय प्रमोद राई र पछाडि सवार २१ वर्षीय विपिन श्रेष्ठ पनि गम्भीर घाइते भएका छन् । उनीहरुको हात, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ । उनीहरु दुवैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: