शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

टाउको शल्यक्रिया पछि मृत्यु भएको युवाको पेट चिरेको थाहापाएपछि जलाउन लागिएको शब पोष्टमार्टम गर्न हस्पिटल लगियो

पूर्णपुष्टि,मंसिर ९

मोरङ स्थित बिराटनगरको नोवेल शिक्षण अस्पतालले टाउको शल्यक्रियामा पेट चिरेको पाईएको छ ।

मोरङको केराबारीका एक युवाको टाउको शल्यक्रिया गर्दा पेट चिरिएको पार्ईएपछि आफन्तहरुले लाश दाहसंस्कार गर्न मानेका छैन्न । टाउको शल्यक्रिया पश्चात युवाको उपचारको क्रममा शुक्रबार मत्यु भएको थियो ।

यता पेट चिरेको पाइएपछि शव उठाएर पोस्टमार्टमका लागि लगिएको छ । केराबारी गाउँपालिका–९ का ३० वर्षीय विक्की ऋषिदेवको शुक्रबार विराटनगरको नोबेल शिक्षण अस्पतालमा टाउकाको शल्यक्रिया गरिएको थियो ।

घाटमा पु¥याएर शवलाई चितामा चढाउँदै अन्त्येष्टि गर्न ठिक्क पार्दा पेट चिरेर पाँच टाँका लगाइएको देखेपछि आफन्त, परिवारका सदस्य र स्थानीय बासिन्दाले दाहसंस्कार गर्न मानेनन् । स्थानीय राम कार्कीका अनुसार राति करिब ८ बजे चितामा राखेर शवमा आगो लगाउनलाई शरीरका कपडा खोल्ने क्रममा पेटमा ब्यान्डेज गरेको देखिएको थियो ।

परिवारका सदस्य र आफन्तले बुझेर लग्दै दाहसंस्कार गर्न ठिक्क पारेर चितामा चढाउँदै गर्दा पेट चिरेको पाइएपछि शव उठाएर सोमबार राती पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले परिवारका सदस्य र आफन्तले शंका व्यक्त गरेपछि पोस्टमार्टमका लागि शव धरान लैजान प्रहरीले सहजीकरण गरिदिएको बताए । ‘पेटमा चोट रहेकोभन्दै जलाउन तयारी अवस्थामा राखिएको शव पोस्टमार्टम हुनुपर्ने माग आफन्तले गरे,’ उनले भने, ‘त्यसका लागि प्रहरीले समन्वय गरिदिएको छ ।’

ब्यान्डेज खोलेर हेर्दा नाइटो नजिकै पेट चिरेर पाँच टाँका लगाएको देखिएपछि स्थानीय र आफन्तले चिताबाट उठाएर पोष्टमार्टमका लागि राति १२ बजे शव धरान पु¥याएको उनले बताए । ‘घटना शंकास्पद रहेकोभन्दै आफन्तले पोस्टमार्टम गर्नुपर्ने बताएपछि जलाउन ठिक्क पारिएको शव अस्पताल पु¥याइयो,’ कार्कीले भने, ‘टाउकाको शल्यक्रिया गरिएको अवस्थामा पेट कसरी चिरियो भन्ने हामीनै आश्चर्यमा प¥यौं ।’ टाउकोको शल्यक्रिया गरिएका व्यक्तिको पेट पनि चिरिएको घटना आफूले पहिलो पटक देखेको उनले बताए ।

 

 

प्रतिक्रिया

%d bloggers like this: