आइत, जेष्ठ २, २०७८
Sun, May 16, 2021

जिप दुर्घटनामा ५ जनाको मृत्यु, ५ घाईते

पूणर्पुष्टि, मंसिर १०

तिब्र गतिका कारण बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दु बैतडीको झुलाघाटमा मंगलबार जिप दुर्घटना भएको हो । घाईतेहरुका अनुसार साँगुरो बाटोमा तिव्र गतिका कारण दुर्घटना हुन गएको हो । दुर्घटनामा परि अन्य ५ जना घाईते भएकाछन् ।

मृतक पाँचै जना भारतबाट पेन्सन बुझेर घर फर्किएका थिए । जीप सडकबाट २५० मिटर तल खसेको थियो । जीपमा चालकसहित १० जना सवारी रहेको जिल्ला प्रहरी कार्यलय बैतडीले जनाएको छ ।

मृत्यु हुनेमा सुर्नया गाउँपालिका-४ की ७५ वर्षीया कलावती चन्द, पाटन नगरपालिका-५ अड्तोलाका ७७ वर्षीय भगीरथ पाण्डे, दशरथचन्द नगरपालिका-५ बस्कोटका ७२ वर्षीया पार्वतीदेवी चन्द, सोही ठाउँकी ७५ वर्षीया पार्वती चन्द र दशरथचन्द नगरपालिका-२ देहिमाडौंका ५८ वर्षीय कृष्ण लावड रहेको प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी घाइते हुनेमा दशरथचन्द-९ बस्ने वर्ष ४६ का खगेन्द्रप्रसाद जोशी  दोगडाकेदार गाउँपालिका- ६ बस्ने वर्ष ५० का कृष्णानन्द भट्ट, दशरथचन्द नगरपालिका-२ देहिमाण्डौं बस्ने वर्ष २२ का प्रदीप लावड, दशरथचन्द-५ बस्ने वर्ष ३५ का रवीन्द्र चन्द, जीप चालक दशरथचन्द-४ बस्ने वर्ष ३५ का गोपालसिंह कार्की रहेका  छन् ।

घाईतेहरु मध्ये चालक भने घम्भिर रहेको प्रहरीले जनाएको छ । उनलाई थप उपचारको लागि धनगढी रेफर गरिएको छ । अन्य घाईतेहरुको अवस्था भने समान्य रहेको बैतडी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया